बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

करिश्मा मानन्धरको आज जन्मदिन

करिश्मा मानन्धरको आज जन्मदिन

  • 1.3K
    SHARES

  • करिश्मा मानन्धरको आज जन्मदिन

    नेपाली फिल्म क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरको आज शुक्रबार जन्मदिन परेको छ ।

    उनी आजबाट ५० बर्ष लागेकी छिन् । नेपाली फिल्म क्षेत्रका केही अभिनेत्री आफ्नो जन्मदिन भव्य रुपमा मनाउँदै आएका छन् ।आज परेको जन्मदिनमा पनि उनको विशेष योजना केही रहेको छैन ।

    अघिल्ला बर्षका जन्मदिन पनि सेलिब्रेसन नगरेकोले यो बर्ष पनि केही योजना छैन’ करिश्माले बताइन् । उनी अहिले उपत्यका बाहिर छिन् । कहिले राजनीति, त कहिले अध्ययन कारणले बेला बेलामा चर्चामा छाउने करिश्मा अहिले भने राजनीतिबाट टाढा छिन् ।

    पछिल्लो समय व्यवसायमा समेत आवद्ध उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी छन् । आउँदो नयाँ वर्षभित्र आत्मकथा ल्याउने उनको योजना रहेको छ ।

    ४ बर्षदेखि ‘आत्मकथा’का लागि तयारी गर्दै आएकी करिश्माले पुस्तकमा आफूले अभिनयमा बिताएका,अभिनय क्रममा महसुस गरेका र सोचेका विभिन्न विषयवस्तुहरु समेट्न लागेकी छन् । आफ्नो जीवनका उतारचढाव समेत किताबमा समेटिने उनको भनाई रहेको छ ।

    १४ वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट अभिनय करिअर सुरु गरेकी मानन्धरले तीन दशक बढी समय नेपाली कला क्षेत्रमा बिताइसकेकी छन् ।

    नेपाली फिल्म क्षेत्रमा सदावहार अभिनेत्रीको रुपमा परिचित उनी अहिले पनि अभिनयमा क्रियाशील छिन् । अभिनय मार्फत हरेक नेपालीको ढुकढुकी बन्न सफल उनका  कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म छन् ।

    एक दशक अमेरिकामा समेत बिताएकी मानन्धरको पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा निर्माता र अभिनेत्रीको परिचय बनेको छ । 

    शुक्रवार, माघ २१ २०७८१०:५४:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार