गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।
हिजो राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराए । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाए ।
राति भएको खेलमा बुर्किना फासोलाई ३-१ अन्तरले पराजित गर्दै सेनेगल फाइनल पुगेको हो । फाइनल खेल इंग्लिस क्लब लिभरपुलका दुई अट्याकर साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा समेत हेरिनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।