जीवन श्रेष्ठको निर्देशन रहने फिल्म ‘तिमी कसको?’ को छायाङ्कन सुरु भएको छ ।
पाल्म फिल्मस्को ब्यानरमा हर्षिका इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्मको छायाङ्कन अगाडि शुभ मुहूर्त समेत गरिएको थियो । तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले फिल्मको छायाङ्कन तेह्रथुममा गर्न लागिएको निर्देशक श्रेष्ठले बताए ।
फिल्मको बुधबारदेखि तेह्रथुमबाट छायाङ्कन सुरु भएको हो । फिल्म निर्देशक श्रेष्ठले नै निर्माण गर्न लागेका हुन् । प्रदीप गिरी, हर्षिका श्रेष्ठ, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रताप श्रेष्ठ, रिया श्रेष्ठ, प्रीतिका शर्मालगायत कलाकारको मुख्य भूमिका फिल्ममा रहनेछ ।nआकाश अकुको संगीत रहने फिल्म अर्जुन थापाको पटकथा र सम्वाद रहेको छ ।
फिल्मको केही छायाङ्कन काठमाडौमा हुने बताइएको फिल्म २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।