बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने

फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने

  • 2.4K
    SHARES

  • फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने

    फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने बताए । 

    मंगलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई हराएपछि विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरै पछि पुनः नेपाली खेलक्षेत्रमा फर्किएको खुशी व्यक्त गरे । 

    करिब ४० महिनापछि नेपाली खेल क्षेत्रमा फर्किएका मगरले स्ट्याटसमार्फत सूर्य उदाउनका लागि नै अस्ताउने हो भन्दै लामो समय मैदान बाहिर नरहँदा पनि राष्ट्रप्रति सधैँ शतप्रतिशत साथ रहेको उल्लेख गरे । 

    उनले मोरिसससँगको पहिलो खेलमा शनिबार गोल गरेका थिए । उनले अगामी दिनहरुमा पनि दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सधैँ आत्मसात गर्ने प्रतिज्ञा समेत व्यक्त गरे ।

     मंगलबार भएको खेलको १०औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको लागि निर्णायक गोल बन्न सफल भएको थियो । 

    बिहिवार, माघ २० २०७८१२:०३:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार