जुगल ६ हगाममा खुल्ला प्रथम सोनाम ल्होछार भलिबल प्रतियोगिता सुरू जुगल गाउँपालिका वडा नं ६ हगाममा मञ्जुश्री संवत २८५८ औं ताक (च्यान ल्हो) सोनाम ल्होछार तिन दिने कार्यक्रम सुरू भएको छ ।
सिन्धु पर्यटन परिषदकाे महासचिव मिलन तामाङले पहिलो कार्यक्रम खुल्ला प्रथम सोनाम ल्होछार भलिबल प्रतियोगिता उद्घाटन गरिएको हाे। सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकाहरुबाट जम्मा १० टीमले प्रतिस्पर्दा गर्दै छन्। उक्त खेलको फाइनल १८ गते हुने आयोजकले जनाएको छ ।
खुल्ला प्रथम सोनाम ल्होछार भलिबल प्रतियोगितामा चौतारा साँगाचोकगडी नगरपालिका जुगल यूथ हर्ट क्लब A कातिके जुगल यूथ हर्ट क्लब B कातिके क्रियटिभ हगाम युथ क्लव वनकाली मावि डल्ले पोखरी याङलाकोट युवा समूह धुस्कोट समाज युवा क्लब प्याफुल्ला युवा क्लब A प्याफुल्ला युवा क्लब B सहभागी भएको आयोजकले बताए ।
प्रतियोगितामा विजयी हुने टीमले २५ हजार नगद सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय र तृतीय हुने टीमलाई क्रमसः १५ हजार र १० हजारसहित मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।