अभिनेता आर्यन सिग्देलको हातमा पछिल्लो समय फिल्म फाट्टफुट्ट पर्ने गरेको छ ।
यस्तैमा आर्यनको रुविना थापासँग रोमान्स रहेको म्युजिक भिडियो ‘करोडौंमा’ सार्वजनिक भएको छ । गायक क्षितिज सापकोटा र गायिका स्वेच्छा ठकुरीको स्वर गीतमा छ ।
क्षितिजका यस अगाडि ‘तिमी बिनाको सुनैको दरबार’ चर्चामा रहेको थियो । क्षितिज सापकोटाकै शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । भुल, निम्तो माखे साङ्लो, सिरुपाते कम्मर, किराना पसल, किराना पसल २ जस्ता गीत समेत सार्वजनिक गरेका सापकोटाको ‘करोडौंमा’ गीतको भिडियो शिशिर खातीले निर्देशन गरे ।
आरजु बैजुको कोरियोग्राफी रहेको भिडियोमा रविन्द्र बरालको छायाङ्कन,मनोज कार्कीको सम्पादन छ । गीतको भिडियो राम्रो बनेकाले आफुलाई फिल्म झै चर्चा दिलाउने आर्यनको विश्वास रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।