काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वस्थानी शालीनदी मेला अन्तरगत आज व्रतालुले साष्टांग प्रणाम गर्दै परिक्रमा गरेका छन् ।
एक महिना लामो व्रतको परम्परा अनुसार उनीहरूले परिक्रमा गरे । शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा गर्ने गर्छन् ।
परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । व्रतालु शालिनदीबाट बज्रयोगिनी ढोकासम्म अष्ठाङ्ग दण्डवत गर्दै जान्छन् । साँघुबाट व्रतालु बज्रयोगिनी हुँदै पशुपति जाने गर्छन् भने पशुपतिबाट फेरि फर्पिङ बास बस्न पुग्छन् । त्यसको भोलिपल्ट उनीहरु साँखु पुगेर त्यहाँबाट फेरि पनौती बास बस्न पुग्ने प्रचलन छ ।
माघ ३ गतेदेखि सुरु भएको मेला माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने छ ।










