बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बार्सिलोनाले वुल्भरह्याम्पटन वान्डरर्सका विङ्गर आड्मा ट्रोओरेलाई ऋणमा बाँकी सिजनका लागि अनुबन्ध गरे

बार्सिलोनाले वुल्भरह्याम्पटन वान्डरर्सका विङ्गर आड्मा ट्रोओरेलाई ऋणमा बाँकी सिजनका लागि अनुबन्ध गरे

  • 1.3K
    SHARES

  • बार्सिलोनाले वुल्भरह्याम्पटन वान्डरर्सका विङ्गर आड्मा ट्रोओरेलाई ऋणमा बाँकी सिजनका लागि अनुबन्ध गरे

    बार्सिलोनाले वुल्भरह्याम्पटन वान्डरर्सका विङ्गर आड्मा ट्रोओरेलाई ऋणमा बाँकी सिजनका लागि अनुबन्ध गरेको छ ।

    स्पेनिस क्लबले २६ वर्षीय खेलाडीको तलब तिर्नेछ भने यो सिजनको अन्त्यमा उनलाई खरिद गर्न पनि पाउनेछ । ट्राओरेको वुल्भ्ससँग १८ महिनाको करार बाँकी छ ।

    करार थप गर्ने विषयमा कुनै सहमति हुन सकेको छैन । ट्राओरेले आफ्नो करियरको सुरुवात बार्सिलोनाबाट नै गरेका थिए । उनले सन् २०१५ मा बार्सा छाडेर एस्टन भिल्ला पुगेका थिए । मिडल्सब्रोमा २ वर्ष बिताएपछि उनी सन् २०१८ मा क्लबको कीर्तिमानी १।८ करोड पाउन्डमा वुल्भ्ससँग आबद्ध भएका थिए ।

    क्लबका लागि १५४ खेल खेल्दै उनले ११ गोल गरेका छन् । यसअघि टोटनह्यामले उनका लागि १।५ करोड पाउण्डको अफर गरेको तर क्लबले त्यसलाई अस्वीकार गरेको पनि बताए ।

    आइतवार, माघ १६ २०७८०९:३२:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार