प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् ।
देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिए । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै देउवाले भने,राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो,मैले यो सरकारले निर्णय गर्ने विषय हो ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई वैशाखमै चुनाव गर्नुपर्छ भन्नुभएको हो ? राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने,कुनै तिथि मितिको कुरा गर्नु भएको होइन,संविधान र कानूनमा जे व्यवस्था छ,अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।
देउवाले चुनावबारे सबैसँग सर-सल्लाह भइरहेको राष्ट्रपतिलाई बताएको ढकालले बताए । उनले भने,प्रधानमन्त्रीज्यूले साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छु भन्नुभएको छ । निर्वाचन आयोगले वैशाखमै चुनाव गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । सत्ता गठबन्धनले भने स्थानीय चुनावलाई आगामी हिउँदमा सार्ने तयारी गरिरहेको छ ।
शीतलनिवासको भेटपछि प्रधानमन्त्रीलाई भेटेका एक मन्त्रीले भने,कार्यकाल सकिएपछि मात्रै चुनाव हुने संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर वैशाखमै चुनाव गर भन्नु शीतलनिवासको हस्तक्षेप हो भन्ने हाम्रो बुझाइ छ ।
निर्वाचन आयोग र विपक्षी दल नेकपा एमालेले समेत वैशाखमै स्थानीय चुनाव हुनुपर्ने बताइरहेका बेला विहीबार राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर संविधान र कानून सम्झाएकी हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।