बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मिष्टर नेपाल सन्तोषले गरे आरती पराजुलीसँग इन्गेजमेन्ट

मिष्टर नेपाल सन्तोषले गरे आरती पराजुलीसँग इन्गेजमेन्ट

  • 3.8K
    SHARES

  • मिष्टर नेपाल सन्तोषले गरे आरती पराजुलीसँग इन्गेजमेन्ट

    मिष्टर नेपाल २०१९’ का विजेता डा. सन्तोष उपाध्याय विवाह बन्धनमा बाँधिने भएका छन् ।

    पोखराकी आरती पराजुलीसँग विवाह गर्न लागेका हुन् । केही बर्षदेखि प्रेममा रहेका आरती र सन्तोषले पारिवारिक सहमतीमा विवाह गर्न लागेका हुन् । शनिबार बानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा एक समारोहका बीच सन्तोष र आरतीको इन्गेजमेन्ट भएको छ । कोरोनाको कहर भएकोले इन्गेजमेन्ट समारोहमा दुबै तर्फका सिमित पारिवारिक ब्यक्तिको मात्र उपस्थिती रहेको थियो ।
    आरती पेसाले चार्टर एकाउन्टेन्ट हुन् ।

    उनी अहिले नेपाल इन्भेष्टमेन्ट बैंकमा सिनियर अफिसरको रुपमा कार्यरत छिन् । सन्तोष भने पेसाले डाक्टर हुन् । उनी पछिल्लो समय स्वास्थ्य भन्ने डिजिटल प्लेटफर्ममा कार्यरत छन् ।

    सन्तोषले २०१९ मा मिष्टर नेपाल उपाधि जितेका थिए । त्यसपछि ‘मिष्टर सुपरस्टार २०२०’ जितेका उपाध्ययले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर सुपरन्यासनल २०२१’ मा थर्ड रहनर अफ भएका थिए । उनी छिट्टै फिल्म अभिनयमा पनि देखिने तरखरमा छन् ।

    विवाहको मिति फाइनल नभएको सन्तोषले बताए । ‘दुबै तर्फको परिवार बीच यसै महिनामा विवाह गर्ने सहमती भएको छ । गते तोक्न बाँकी रहेको छ’ सन्तोषले भने ।

    आइतवार, माघ ९ २०७८१०:०७:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार