बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शोएब अख्तरको सनसनीपूर्ण खुलासा- बलात्कार आरोपमा फसाउने कोसिस

शोएब अख्तरको सनसनीपूर्ण खुलासा- बलात्कार आरोपमा फसाउने कोसिस

  • 1.1K
    SHARES

  • शोएब अख्तरको सनसनीपूर्ण खुलासा- बलात्कार आरोपमा फसाउने कोसिस

    पाकिस्तान क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलरशोएब अख्तरले सनसनीपूर्ण खुलासा गर्दै सन् २००५ मा अष्ट्रेलिया भ्रमण क्रममा आफूलाई ‘रेप’ (बलात्कार) आरोपमा फसाउने कोसिस भएको बताए ।

    सन् २००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइएको थियो । मलाई एक महिला बलात्कार आरोपमा तानिएको थियो,’ उनले भने । अख्तरलाई सन् २००५ मा अष्ट्रेलिया भ्रमण दौरान फिर्ता पठाइएको थियो । यसको पछाडि उनी ‘अनफिट’ भएकाे कारण देखाइएकाे थियाे । 

    पछिल्लो वर्ष यो घटना स्मरण गर्दै शोएबले हलो एपको लाइभमा बताएका थिए । आखिर के भएको थियो त्यो भ्रमणमा । ‘सन्२००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइयो । ममाथि बलात्कार प्रयास गरिएको आरोप लगाइएको थियो । बास्तवमा पाकिस्तानी टोलीमा मेरो एक साथी थियो । जसको महिलासँग गलत सोच राख्थ्यो । पाकिस्तान ब्यवस्थापकले त्यो खेलाडीको नाम लुकाए,’ अख्तरले भने । 

    ममाथि यौन दुर्ब्यवहारको केस राखियो । जबकि यो कुनै क्रिकेटरले गरेका थिए । त्यो क्रिकेटरको नाम पाकिस्तानी ब्यवस्थापक र कप्तानले लुकाएका थिए । र मलाई फिर्ता पठाइएको थियो । अख्तरले पछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेलाडीको नाम सोधेको तर बोर्डले सो नाम नभनेको साथै आफ्नो नाम समेत नहटाइएको र सबै खेलाडीले आफूलाईनै शंका गर्दै ‘प्ले ब्वाई’ भनेकोसमेत बताए । त्यो क्रिकेटर त्यस समयको इमान्दार केटो थियो ।   

    उनले यस खुलासा ‘हेलो एप’को लाइभमा गरेका हुन् । मैले त्यसपछि पीसीबीलाई सोधेको थिए । बोर्डले न उसको नाम प्रस्ट रूपमा भन्यो,न त मेरो नाम नै यो घटनाबाट हटायो । सबैले मलाई शंकाको रुपमा हेरे,’अख्तरले भने,सबैले भने शोएब भाई नै ‘प्ले ब्वाई’ हो । म हजुरहरूलाइ बताइरहेको छु । 

    शुक्रवार, माघ ७ २०७८०५:५९:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार