बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गायक तथा सर्जक उत्तम पौडेलको एकल आधुनिक गीत "हजारौँ माझ" सार्बजनिक

गायक तथा सर्जक उत्तम पौडेलको एकल आधुनिक गीत "हजारौँ माझ" सार्बजनिक

  • 1.6K
    SHARES

  • गायक तथा सर्जक उत्तम पौडेलको एकल आधुनिक गीत "हजारौँ माझ" सार्बजनिक

    गायक तथा सर्जक उत्तम पौडेलको एकल आधुनिक गीत "हजारौँ माझ" हिजो २०७८ माघ ३ गते सार्बजनिक भएको छ ।

    रामेछाप साँस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेका गायक पौडेलको आफ्नै शब्द र स्वर रहेको उक्त गीतमा संगीतकार प्रेमकृष्ण बजगाईंको संगीत रहेको छ ।
    U.P. Music युट्युब च्यानल मार्फत सार्बजनिक भएको सो गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियो क्षेत्रपाटीमा भएको हो । यसको एरेन्ज अनि बाद्यबादन सम्बन्धी सम्पूर्ण ब्यबस्थापन बुद्ध सायमीले गरेका छन भने भिडियो सम्बन्धी ब्यबस्थापन कृष्ण राईले र इडिटिङ गंगाराम राईले गरेका छन ।

    गीतको शब्द र भावलाई मध्यनजर गर्दा यो गीत हेर्ने भन्दा पनि ज्यादा सुन्ने प्रकृतिको भएको हुँदा हाललाई स्टुडियो टेक र रेकर्डिङको परिबेशलाई मात्र कैद गरी भिडियो निर्माण गरिएको गायक पौडेलले बताए ।

    बिहिवार, माघ ६ २०७८०८:३३:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार