बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई पराजित

पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई पराजित

  • 1.6K
    SHARES

  • पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई पराजित

     पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई पराजित गरेको छ ।

    खेलमा श्रीलङ्काले जिम्बाब्वेलाई ५ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको २ सय ९७ रनको लक्ष्य श्रीलङ्काले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

    श्रीलङ्काका लागि दिनेश चण्डीमाल, पाथुम निशान्का र चारिथ अस्लान्काले अर्धशतकीय पारी खेले । दिनेश र पाथुमले समान ७५  रन जोडे भने चारिथले ७१ रनको योगदान गरे । कुशल मेन्डीसले २६ र कामिन्दु मेन्डीसले १७ रन जोडे ।

    जिम्बाब्वेका रिचार्डले ३ विकेट लिए भने सिकन्दर राजा र ब्लेसिङ मुजराम्बानीले १-१ विकेट लिए । पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।

    जिम्बाब्वेका लागि सिन विलियम्सले एक सय रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै, जिम्बाब्वेका रेगिस चिकभाले ७२ रन बनाउँदै अर्धशतकीय पारी खेले ।

    श्रीलङ्काका चामिका करुनारत्नेले ३ विकेट लिए भने जेफ्री भान्डरसे र नवन प्रदीपले २-२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा श्रीलङ्काले १–० को अग्रता बनाए ।

    सोमवार, माघ ३ २०७८१०:०२:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार