इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई हराए ।
घरेलु मैदानमा सिटीलाई जिताउन खेलको ७०औँ मिनेटमा केभिन डे ब्रुएनाले निर्णायक गोल गरे । जितसँगै सिटीले १३ अङ्कको अग्रता बनाएको छ ।
खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । शीर्ष स्थानको सिटीको ५६ अङ्क भएको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४३ छ ।
रातिकै अन्य खेलमा वुल्भ्स् र नर्विच सिटी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग बराबरीमा रोकिए । वुल्भ्स्ले साउथह्याम्टनलाई ३–१ गोल अन्तरले हरायो भने एभर्टन नर्विचसँग २–१ गोल अन्तरले पराजित भयो । म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लासँग दुई-दुई गोलको बराबरी खेले ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।