चौतारा :नेकपा एमाले सिन्धुपाल्चोक जिल्लाको अधिवेशन स्थागित भएको छ ।
कोरोनाको जोखिम बढेपछि सिन्धुपाल्चोक एमालेको ९ औं अधिवेशन स्थगित भएको हो ।
निर्वाचन अधिकृत शशिनाथ आचार्यका अनुसार जिल्ला नेतृत्व चयनका लागि माघ २ गतेको कार्यक्रम स्थगित भएका छन् । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन सूचना जारी गरेको कारण पनि स्थगित भएको हो ।
नयाँ कार्यतालिका प्रकाशन भने भएको छैन । त्यसैगरी, विभिन्न पदका उम्मेदवार स्वयमं कोरोना संक्रमण भएका कारण पनि मिति संशोधन गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।
सत्य तथ्य समाचार सम्प्रेषण