बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चौतारामा सुरु भयो जिमखाना

चौतारामा सुरु भयो जिमखाना

  • 1.6K
    SHARES

  • चौतारामा सुरु भयो जिमखाना

    निर्मल बस्नेत ÷चौतारा मानव जीवनमा स्वास्थ्य महत्त्वपूर्ण पक्ष हो । स्वस्थ जीवनको लागि चौतारामा शारीरिक व्यायामको लागि आर्कं फिनिसिङ एन्ड गेमले जिमखाना सञ्चालनमा ल्याएको छ ।

    शनिवार माघ १ गतेको अवसर पारेर चौतारा सााँगाचोकगढी नगरपालिका वडा नं ५ मिलन चोक नजिकै सडक मुनी जिल्ला समन्वय समितिको उपप्रमुख वालकुमारी सापकोटाले रिबन काटेर उद्घाटन गरेकी हुन् ।

    सोही कार्यक्रममा चौतारा सााँगाचोकगढी नगरपालिका वडा नं  ५ को वडाध्यक्ष नरमान श्रेष्ठ, नगर खेलकुद विकास समितिको सह संयोजक अमृतमान श्रेष्ठ र चौतारा निवासी खेल प्रेमी युवाहरूको सहभागिता रहेको थियो ।

    चौतारा सााँगाचोकगढी नगरपालिका वडा नं १ स्याउले निवासी राकेश श्रेष्ठ, सोहन श्रेष्ठ र भुवन श्रेष्ठ ३ भाईले सञ्चालनमा ल्याएको जिम खानामा १ गते वाटै उत्साहजनक रूपमा चौताराका युवाहरूले सहभागिता जनाएका छन् ।

    हाल जिम खानामा सहभागी हुनेहरूमा व्यक्तिगत प्याकेजमा मात्र सहभागिता रहेको छ । सञ्चालक मध्येका राकेश श्रेष्ठले दिएको जानकारी अनुसार व्यक्तिगत मासिक रु ३ हजार, त्रैमासिक ७हजार पाँच सय ,अर्धवार्षिक १४ हजार र वार्षिक २५हजार त्यस्तै समूहमा सहभागी हुनका लागि ३ महिनाको ३३ हजार , ६ महिनाको ६० हजार र १ वर्षको १ लाख रुपैयाँ साथै कपल जोडीको लागि ३ महिनाको १० हजार ,६ महिनाको १८ हजार र १ वर्षको ३० हजार शुल्क रहेको जानकारी दिएका छन् ।

    सहभागी हुनको लागि जोडीको लागि भने विशेष लाभ लिन सकिने पनि सञ्चालक राकेश श्रेष्ठले जानकारी दिएका छन् । जिमखाना बिहान ६ बजेवाट १२ बजेसम्म र बेलुका ४ बजेबाट ८ बजेसम्म सञ्चालन गरिने सञ्चालकले वताए।

    शनिवार, माघ १ २०७८१०:०४:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार