काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल केहीबेर अघिमात्र सकिएको हो ।
यसअघि केहीबेर अघिमात्रै नेकपा सचिवालय बैठक सकिएको छ । बैठक सकिएलगत्तै उनीहरुबीच भेटवार्ता भएको हो । विभिन्न संवैधानिक निकायमा हुने पदाधिकारी नियुक्ति तथा विश्वविद्यालयमा हुने नियुक्तिको सन्दर्भम बैठकमा छलफल भएको बुझिएको छ ।
उनीहरुबीच झण्डै १ घन्टा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुुगल’ले जानकारी दिए ।
नेकपाको विवाद समाधान उन्मुख भएसँगै प्रधानमन्त्री ओलीले मन्मिण्डल पुनर्गठनको तयारी गरेका छन् । अहिले देखिएको विवाद र शक्ति सन्तुलन दुबै मिल्ने गरी मन्त्रीहरुको हेरफेर गर्ने तयारी रहेको छ ।
तर, सोमबार पार्टी प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने अहिले मन्त्रिपरिषद पुनर्गठनको बारेमा पार्टीमा छलफल नभएको बताएका छन्
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।