प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२० फर्म्याटमा आयोजना गरे । नेपाली टोलीले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० आयोजना गरिएको हो ।
मुलपानीमा बिहान साढे ९ बजे हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे सुरु हुने खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एकै दिन ४ खेल आयोजना हुनेछन् । टीयू मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । टियुमै सवा १ बजे हुने दोस्रो खेलमा एपीएफ र प्रदेश २ खेल्नेछन् ।
माघ ५ सम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागिता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए ’ मा त्रिभुवन आर्मी क्लब,कर्णाली प्रदेश,नेपाल पुलिस क्लब,सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।