बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वडा अध्यक्ष लामा जनताको सारथी बन्दै, विद्यालयमा खेल मैदान बनाउन ब्यतिगत सहयोग

वडा अध्यक्ष लामा जनताको सारथी बन्दै, विद्यालयमा खेल मैदान बनाउन ब्यतिगत सहयोग

दुर्गा श्रेष्ठ

२०, पौष २०७८
  • 2.4K
    SHARES

  • वडा अध्यक्ष लामा जनताको सारथी बन्दै, विद्यालयमा खेल मैदान बनाउन ब्यतिगत सहयोग

     सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं २ का वडा अध्यक्ष प्रताप लामाले खेल मैदान व्यवस्थापनका लागि रु १ लाखको चेक हस्तान्तरण गरेका छन् ।

    सोही वडाको श्री निम्लुङ आ.वि को लागि खेल मैदान नभएकोले जग्गा खरिदका लागि भन्दै मनकारी समाजसेवी अध्यक्ष लामाले व्यक्तिगत रूपमा सहयोग स्वरूप सो रकम बराबरको चेक विद्यालयका अध्यक्ष हिरा बहादुर स्याङ्बो र जग्गा धनी मोतीलाल स्याङ्बोलाई एक कार्यक्रमका बिच उपलब्ध गराएको जुगल गाउँ पालिका वाइसीएल अध्यक्ष फुलकाजी स्याङ्बो (वानपिस) ले मेगा खबरलाई जानकारी दिनुभयो ।

    अध्यक्ष लामाका अनुसार विद्यालयमा ८० भन्दा बढी विद्यार्थी पढिरहेको र खेलमैदान भने नभएकोले धेरै अघि देखि समस्या रहेको सुनाए । वडाबाट बजेट छुटाएर खेल मैदानका लागि जग्गा खरिद गर्न नमिल्ने भएकोले पनि आफैँले विद्यालय व्यवस्थापन समिति परिवारको आग्रह अनुसार जग्गाधनी सँग आवश्यक सहमति जुटाएर खरिदका लागि व्यक्तिगत रूपमै सहयोग गरेको बताउनुभयो।

    भौगोलिक विकटताका कारण विद्यालय भवन बनाउन जति कठिन छ त्यति नै कठिन खेलमैदानका लागि जग्गा व्यवस्थापन गर्न गाह्रो रहेको छ, अध्यक्ष लामाले दुखेसो पोख्नुभयो । उहाँ भन्नू हुन्छ, “विद्यार्थी भाइबहिनीहरूका लागि जति गुणस्तरीय शिक्षाको महत्त्व छ, त्यति नै अतिरिक्त खेलकुदको पनि आवश्यक छ ।” त्यसैले यस अघि पनि भिमसेन मा ।वि । गोल्चेमा समेत आफ्नै कार्यकालमा दुई वर्ष लगाएर जग्गा व्यवस्थापन गरी खेलमैदान निर्माण भैसकेको बताउनुभयो ।

    वडा अध्यक्ष लामा निरन्तर शिक्षा, स्वास्थ्य, यातायात देखि अन्य विकासका काममा लाग्दै आइरहेको छ । उनले लिदि पहिरो पीडितहरूको लागि स्थायी आवास निर्माणको कार्यमा समेत दिनरात पीडित परिवारहरू सँगै रहेर निरन्तर काम गर्दै आइरहेका छन् ।

    मंगलवार, पौष २० २०७८०९:२१:३८

    सत्य तथ्य समाचार सम्प्रेषण

    सम्बन्धित समाचार