इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १–० गोलले हराए ।
खेलको ८२औँ मिनेटमा उल्भ्सका जोआओ माउटिन्होले गरेको गोल नै निर्णायक भयो । युनाइटेडका क्रिस्टियानो रोनाल्डोले फ्रि–किकबाट गरेको गोल अफसाइड भएको थियो ।
उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओर्ल्ड ट्राफोर्डमा जित निकालेको हो । जितसँगै उल्भ्सको १९ खेलमा २८ अङ्क भएको छ ।उल्भ्स अङ्क तालिकाको आठौँ स्थानमा छ ।
समान खेलमा म्यानचेस्टर युनाइटेड ३१ अङ्कका साथ साताैँ स्थानमा छ । म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्ष स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।