इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेले ।
राति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडे । बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ ।
शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ । गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् ।
ब्रेनफोर्डले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग एभर्टन ३ –२ गोल अन्तरले पराजित भयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।