बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चौतारीमा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने

चौतारीमा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने

  • 1.2K
    SHARES

  • चौतारीमा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने

    स्वास्थ्यको लागि खेलकूद राष्टको लागि खेलकूद भन्ने नाराको साथ चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता  पुस २४ गते शनिवार हुने भएको छ।

    खुल्ला हाफ म्याराथनमा पुरुष र महिला खुल्ला हाफ म्याराथन, ४०-५९ वर्ष सम्मको भेट्रान्स महिला र पुरुष ६० वर्षमाथिको सुपर भेट्रान्स र स्थानियबासीको महिला र पुरुष विधा समावेश गरिएको छ । हाफ म्याराथन प्रतियोगिता २१ किलोमिटरको हुने छ । 

    नगरपालिकाको १२ नं वडाको सांगाचोकगढी देखि मानेडाडा, जल्किने, ईखु,चौतारा हुदै ब्याङ्चेपानी पुगेर गौरती भिमसेन मन्दिर परीक्रमा गरी टुडिखेलमा आएपछि दुरी पुरा हुने सह-संयोजक श्रेष्ठले बताए ।

    भेट्रान्सको तर्फको सबै इभेन्टभने इर्खुबाट सुरु हुने र १५ किलोमिटरको हुने आयोजकले जनाएको छ।

    हाफ म्याराथनको पुरुष र महिलातर्फको विजेताले समान ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २२ हजार २ सय २२, तेस्रो हुनेने ११ हजार १ सय ११ र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह-संयोजक अमृतमान श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यसै गरी  ४० देखि ५९ वर्षसम्मको भेट्रान्सको पुरुष र महिलाको दुवै विजेताले समान ९ हजार ९ सय ९९ रुपैया प्रात गर्ने छन् । दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ । सुपर भेट्रान्स ६० वर्षमाथिको विजेताले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । स्थानिय महिला र पुरुष दुवै विजेताले ५ हजार ५ सय ५५ रुपैया, ट्रफी र मेडल प्राप्त गर्ने छन् । 

    बिहिवार, पौष १५ २०७८०३:३२:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार