इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराए ।
बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । सिटीका फिल फोडेनले खेलको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
सिटी अङ्कतालिकाको शीर्षस्थानमा कायमै छ । उसको २० खेलमा ५० अङ्क छ । अर्को खेलमा चेल्सी र ब्राइटनले बराबरी खेलेका छन् ।
चेल्सी र ब्राइटनले एकएक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । चेल्सीले खेलको २८औँ मिनेटमा रोमेलु लुकाकुको गोलबाट अग्रता बनाएको थियो तर अन्तिममा जोगाउन नसक्दा खेल बराबरी भयो ।
अङ्क तालिकामा दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलमा ४२ अङ्क छ । शीर्ष स्थानको सिटी चेल्सीभन्दा ८ अङ्कले अगाडि छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।