अभिनेत्री रेखा थापाले आफू २०७९ सालभित्र विवाह बन्धनमा बाँधिनसक्ने बताएकी छन् ।
कार्यक्रममा फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग घरजम गर्ने योजना रहेको सुनाएकी रेखाले अबको श्रीमान् मन र कुरा मिल्ने हुनुपर्ने इच्छा समेत राखेकी छन् । निर्माता छविराज ओझासँग सम्बन्धविच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी रेखालाई पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा टेलिभिजन अन्तर्वार्ता विवाहको प्रश्नले पछ्याउने गर्दछ ।
एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा उनले विवाहको विषयमा कुरा गर्दै सो बताएकी हुन् । त्यसका लागि उपयुक्त केटाको खोजीमा आफू रहेको उनको भनाइ छ । सोही कारण पनि अचेल उनी विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताउँदै आएकी छन्
फिल्म, राजनीति र उनको जीवनको विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीमा उनले राष्ट्रिय राजनीतिमा आउन आफूलाई फिल्मले प्रेरित गरेको समेत बताएकी छन् । फिल्म हाँसिमजाक मात्र होइन । नाच्ने गाउनेको समूह मात्र होइन,’ उनले भनिन्, ‘फिल्मले समाज परिवर्तन गर्नसक्ने क्षमता राख्दछ ।
रेखाले यसअघि बिहेबारे प्रश्न गर्दा स्पष्ट जवाफ दिने गरेकी थिइनन् । पछिल्लो उनको अभिव्यक्तिले के साँच्चै रेखा वैवाहिक जीवनमा बाँधिएलिन् त? त्यो त समयले बताउने नै छ ।
रेखा पछिल्लो समय राजनीति र फिल्म अभिनय दुवैका क्रियाशील छिन् । फिल्म निर्माण, निर्देशन र अभिनय गरेर तीन विधामा क्रियाशील उनी केही अगाडि सम्पन्न राप्रपाको केन्द्रीय महाधिवेशनमा महामन्त्री पदका पराजित भएकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।