विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले कुश्मामा विश्वकै अग्लो र लामो व्यवसायिक स्काई साइक्लिङ समेत सुरु गरे ।
कम्पनीले कालीगण्डकी माथिको भीरमा बञ्जिसँगै रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काई साइक्लिङ एडभेन्चर खेलको समेत निर्माण गरेको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको कम्पनीले बताए । प्रतिव्यक्ति ३ हजार ५ सय शुल्क रहेको साइक्लिङ खेल्न हाल शुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।
गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन,स्काई चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा एडभेन्चर खेलमा थप स्काई साइक्लिङ समेत सुरु गरेको कार्कीले बताए । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत छुट समेत प्रदान गरिने उनले बताए ।
विश्वमा २ सय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनि व्यवसायिक स्काई साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ । बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।