बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मीले गोलरहित बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मीले गोलरहित बराबरी

  • 1.4K
    SHARES

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मीले गोलरहित बराबरी

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मीले गोलरहित बराबरी खेले ।

    एएफसी कप खेल्नका लागि आज आइतवारको खेल जित्नैपर्ने दबाबमा रहेको आर्मी आजको बराबरीसँगै एएफसी कप खेल्न नपाउने भएको छ ।

    बराबरीसँगै आर्मी १० अङ्कसहित चौथो स्थानमा रहेको छ । थ्री स्टार भने सात अङ्कसहित सातौ स्थानमा छ । आजको पहिलो खेलमा सङ्कटाले ब्रिगेड ब्वाइजलाई तीन–शून्य गोलले हराए ।

    सङ्कटाका लागि उत्तम राईले दुई र लक्ष्मण रुचालले एक गोल गरे । आजको जितसँगै सङ्कटा १२ अङ्कसहित तेस्रो स्थानमा पुगे । पराजित भएको ब्रिगेड ब्वाइज पाँच अङ्कसहित ११ औँ स्थानमा छ । 

    सोमवार, पौष १२ २०७८०७:३५:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार