शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ र एनआरटी ले अङ्क बाँडे ।
छेटाैँ चरण अन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा एफीएफ र एनआरटीले तीन–तीन गाेलकाे बराबरी खेले,खेलकाे ३२ औँ मिनेटमा दर्शन गुरुङले गाेल गर्दै एनआरटीलाई अग्रता दिलाए ।
एनआरटीकाे याे अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गाेल गर्दै खेल बराबरीमा पुर्याए । पहिलाे खेल एक–एक गाेलकाे बराबरीमा सकियाे ।
आजकाे बराबरीसँगै एनआरटी ६ खेलमा सात अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा पुगेकाे छ । उति नै खेल खेलेकाे एपीएफ पाँच अङ्कसहित एघाराैँ स्थानमा छ ।
दाेस्राे हाफकाे ४८ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले व्यक्तिगत दाेस्राे गाेल गर्दै टिमलाई अग्रता दिलाए । फेरि खेलकाे ६० औँ मिनेटमा एनआरटीका विदेशी खेलाडी मिसाेकी इटिग्ने ओलुमाेउले गाेल गर्दै टिमकाे अग्रता बढाए ।
खेलकाे ६५ औँ मिनेटमा एपीएफका दिपेश धिमालले गाेल गर्दै टिम खेलमा फर्किएकाे सङ्केत देखाए । ६९ औँ मिनेटमा एपीएफका नवीन लामाले गाेल गर्दै खेल बराबरीमा ल्याए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।