ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा लामो समयदेखि अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले आरोपीहरुलाई पक्राउ गर्न थालेको छ ।
कागजात ‘किर्ते’ गरेको आरोपमा बिचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरिएको सिआईबीका डीआईजी धीरज प्रताप सिंहले बताए । व्युरोले उनीहरुलाई लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालेको छ ।
बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । शारदा प्रसाद त्रिताल नेतृत्वको छानविन समितिले जग्गा हिनामिनाबारे केन्द्रिय अनुसन्धान व्युरोलाई विस्तृत अनुसन्धान गर्न दिनुपर्ने सुझाव दिएपछि गृहमन्त्रालयले ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
काठमाडौं महानगरपालिका–१३ स्थित ताहाचल घर भएका सुवेदी दम्पतीको बयानका आधारमा थप अनुसन्धान अघि बढ्ने डीआईजी सिंहले बताए ।
सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर आफ्नो नाममा लिएका थिए । उनीहरुले तत्कालिन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रयोग गरेर सो जग्गा आफ्नो नाममा ल्याएर बेचेको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गए राति स्वयम्भूबाट पक्राउ गरेका उनीहरुलाई बुधबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले दुवै जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको सीआईबीले जनाएको छ ।
पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान