बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा ‘ए’ डिभिजन जिल्ला स्तरीय एन्फा लिग हुदै

सिन्धुपाल्चोकमा ‘ए’ डिभिजन जिल्ला स्तरीय एन्फा लिग हुदै

  • 3.1K
    SHARES

  • सिन्धुपाल्चोकमा ‘ए’ डिभिजन जिल्ला स्तरीय एन्फा लिग  हुदै

    सिन्धुपाल्चोकको सबैभन्दा ठूलो खेलमैदान लामोसाँघुको बसन्तपुरमा पुस ५ गतेबाट क्षमादेवी ग्रुप सिन्धुपाल्चोक ‘ए’ डिभिजन जिल्ला स्तरीय एन्फा लिग फूटबल प्रतियोगिता हुने भएको छ ।

    प्रतियोगितामा सिन्धुपाल्चोकका बिभिन्न स्थानीय तहका आठ वटा क्लबहरुले खेल खेल्ने छन् ।जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष मनकुमार श्रेष्ठले योङग जेनेरेशन क्लब, साँगचोक युवा क्लब, चौतारा स्पोटिङ क्लब, लामोसाँघु फुटबल क्लब, राइजिङ युथ क्लब, न्यु सदाबहार युवा क्लब, कालिका त्रिशक्ति युवा क्लब र जेनेरेशन युवा क्लबले प्रतियोगितामा भाग लिने जानकारी दिनु भयो ।

    प्रतियोगिताको उद्घाटन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष एवम क्षमादेवी ग्रुपका अध्यक्ष होम बहादुर बस्नेत राजकुमार’ले गर्नु हुनेछ । प्रथम बिजयी टिमलाई एक लाख ११ हजार १११ प्रमाणपत्र, मेडल, शील्ड, दोश्रो हुने टीमलाई रुपियाँ ५५ हजार ५५५ प्रमाण्पत्र, मेडल, प्रत्येक खेलमा सहभागी भई बिजयी हुने टीमलाई तीन हजार टोकन मनी उपलब्ध गराइने पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

    प्रतियोगितामा सहयोग बलेफी गाउँपालिका, ब्ल्याक आवेर्स, प्राबिधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ ।

    आइतवार, पौष ४ २०७८०५:५७:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार