हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् ।
पत्रकार सम्मेलन गर्दै केही समय अगाडि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले नयाँ शो ल्याउन लागेका हुन् । शोको तयारी अन्तिम चरणमा पुगेको जीतुले बताए । अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ’ उनले भने ‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन फाइनल हुने बित्तिकै आउँछ ।
यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले सुनाए मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो थियो । जीतु आफैले होष्ट गरेको उक्त शोमा उनी सहित उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा सदावहार अभिनेत्री करिश्मा मानन्धर समेत देखिँदै आएकी थिइन् ।
सुरुवातको समयमा कमेडी क्लबमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि थिइन् । जीतुले शोमा रहने कलाकार,ढाँचा र अन्य जानकारी पत्रकार सम्मेलन मार्फत दिने सोच बनाए । त्यसैले शोको बिषयमा उनले अहिले धेरै कुरा बताउन चाहेनन् । ‘छिट्टै शोको बिषयमा पत्रकार सम्मेलन हुनेछ’उनले थपे ।
मुन्द्रेको कमेडी क्लब’ शो का कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै उक्त कार्यक्रम उनले केही अगाडि बन्द गरेका थिए । शो बन्द भएको जानकारी दिन उनले पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।