बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

च्याम्पियन्स लिगः एट्लेटिको मड्रिडलाई हराउँदै लिपजिग सेमिफाइनलमा, पीएसजीसँग भिड्ने

च्याम्पियन्स लिगः एट्लेटिको मड्रिडलाई हराउँदै लिपजिग सेमिफाइनलमा, पीएसजीसँग भिड्ने

मेगा खबर संवाददाता

३०, श्रावण २०७७
  • 1.6K
    SHARES

  • च्याम्पियन्स लिगः एट्लेटिको मड्रिडलाई हराउँदै लिपजिग सेमिफाइनलमा, पीएसजीसँग भिड्ने

    स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई क्वार्टरफाइनलमा २-१ हराउँदै जर्मन क्लब आरबी लिपजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।

    बिहीबार राति भएको खेलमा जितपछि सेमिफाइनलमा अब लिपजिगले पेरिस सेन्ट जर्मन(पीएसजी)को सामना गर्नेछ।

    ५०‍औं मिनेटमा ड्यानियल ओल्मोले हेडमार्फत गोल गर्दै लिपजिगलाई अग्रता दिलाए। ७१औं मिनेटमा जोआओ फेलिक्सले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

    खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले निर्णायल गोल गरेपछि क्लब स्थापनाको ११ वर्ष मै लिपजिग सेमिफाइनलमा प्रवेश गर्‍यो।

    शुक्रवार, श्रावण ३० २०७७०७:५१:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार