इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० गाेलले हराएको छ ।
आज बिहान भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित वेस्ट ह्याम विरुद्ध आर्सनलले दुई गाेल गरेकाे हाे। जितसँगै आर्सनल शीर्ष चारमा पुगेको छ ।
आर्सनलका लागि खेलको ४८औँ मिनेटमा गाब्रियल मार्टिनेली र ८७ औँ मिनेटमा इमिल स्मिथ रोवीले गोल गरे । आर्सनलको १७ खेलमा २९ अङ्क भएको छ ।
शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १६ खेलमा ३७ अङ्क छ भने तेस्रो स्थानमा रहेको चेल्सीको ३६ अङ्क छ ।
बिहान भएको खेलमा ब्राइटनलाई उल्भ्सले १–० ले हराएको छ भने क्रिस्टल प्यालेस र साउथह्याम्टनले २–२ गोलको बराबरी खेलेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।