माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि हुन गइरहेको छ,प्रदेश २ को अधिवेशन सम्पन्न भएको छैन ।
सबै दलका लागि प्रदेश २ विवादित प्रदेश हो । विवादबाट कुनै दल अछुतो छैनन् । कतिपय जिल्लाहरुमा देखिएको विवाद र प्रदेशमा कसलाई नेतृत्व दिने भनि विषयमा विवाद हुँदा प्रदेश २ को अधिवेशन स्थगित भएको हो । काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न भइसक्यो तर प्रदेश २ को अधिवेशन हुन सकेन ।
मंसिर २५ गते लगभग सबै प्रदेशमा अधिवेशन सम्पन्न भयो । नेतृत्व चयन पनि भयो तर प्रदेश २ मा विवाद उत्पनन हुँदा अधिवेशन स्थगित भएको हो । प्रदेश २ मा देखिएको विवादलाई केन्द्रले समाधान गर्ने भएको छ । प्रदेशले आफै मिलाउन नसके केन्द्रले हस्तक्षेप गर्ने तयारी भएको छ ।
प्रदेश २ मा देखिएको विवादलाई लिएर माओवादी केन्द्रका नेता मातृका यादव, नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, र रामकुमार शर्माले पार्टीका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
त्यहाँको विवाद समाधानका लागि केन्द्रले प्रदेशसँग समन्वय गर्ने छलफलमा सहभागी एक नेताले बताए ।
प्रदेश २ मा नारायणकाजी श्रेष्ठ र मातृका गुट सक्रिय छन् । जिल्लामा अमर मण्डल र उमेश यादवबीचको टकरावले जिल्ला अधिवेशन हुन नसकेको कारण प्रदेशको अधिवेशन हुन नसकेको बताइएको छ ।
दुवै गुट बीचको विवादले गर्दा पार्टीको संगठन बन्न सकिरहेको छैन । प्रदेश २ को अधिवेशन सप्तरी जिल्लाको विवादले गर्दा स्थगित भएको भनिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।