बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित

पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित

मेगा खबर संवाददाता

२८, मंसिर २०७८
  • 1.8K
    SHARES

  • पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित

    पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ ।

    घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी-२० को शृंखलामा १-० को अग्रता बनाएको हो । २०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो ।

     वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले २४ रनको योगदान दिए । पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । यस्तै शादब खानले ३ विकेट लिए ।

    कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए ।

    यस्तै हैदर अलीले ६८ रनको योगदान दिए । वेस्टइन्डिजका रोमारियो शेफर्डले २ विकेट लिए । दोस्रो खेल मंगलबार हुनेछ 

    मंगलवार, मंसिर २८ २०७८११:१०:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार