सुटिङ सुरु भएको २४ औं दिनमा फिल्मको छायाँकन सकिएको हो । फिल्म ‘बुलाकी’ को छायाँकन सकिएको छ ।
फिल्मको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किए । बाँकी रहेको गीतको छायांकन पुसपछि गर्ने निर्देशक सुनारले जानकारी दिए ।
फिल्मको दृश्य सम्पूर्ण दृश्यको छायांकन डोल्पामै भएको छ । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको फिल्म मोती विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माणमा बनेको हो ।
निर्देशक सुनार स्वयंको लेखन र सौगात कँडेल सह–निर्माता रहेको फिल्म शिव ढकालले खिचेका हुन् । नेपाली समाजमा बिद्यामान जारी प्रथा कथाको रुपमा उठाएको फिल्ममा रमेश बुढाथोकी,सुशील पोखरेल, लक्ष्मी गिरी, उपासना वाइवा, सोनु सेढाई,धनबहादुर राई,कुलदीप अधिकारी, झलनाथ खत्री,कमल गाउँलेको पनि अभिनय देख्न पाइन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।