उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
गायक रमेश प्रसाई बुबा बनेका छन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए । ‘छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छु’ प्रसाईले भने ।
करिव ३ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए । लोकदोहोरी र राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश पछिल्लो समय ‘रिंकेबुङको राँगो’ को बोलको गीतकाख कारण चर्चामा छाएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।