बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडे

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडे

मेगा खबर संवाददाता

१३, मंसिर २०७८
  • 1.5K
    SHARES

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडे

     इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

    खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

    खेलको ६९ औँ मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अङ्क जोडेको छ । युनाइटेड १८ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।

    सोमवार, मंसिर १३ २०७८०९:०३:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार