तुँवालो र धूलोका कारण शुक्रबार काठमाडौंको आकाशमा घाम देखिन सकेको छैन ।
चिसो बढेसँगै काठमाडौंको आकाश धमिलो भएको छ । सामान्यतया जमिनको सतहबाट उड्ने धूलोधुँवाका कण माथिल्लो तहमा पुगेपछि हावाको बहावसँगै यताउति फैलिनुपर्छ । चिसोमा यस्तो हुन पाउँदैन । त्यसैले जाडो याममा धूलोधुवाँका कणले बाक्लो हावा छिचोल्न सक्दैन र फेरि वायुमण्डलतिरै फैलिन्छ । यसले गर्मीमा भन्दा जाडोमा प्रदूषण बढ्छ ।

काठमाडौं उपत्यकाको भौगोलिक संरचनाले प्रदूषण जोखिम बढाउँछ । विज्ञहरूका अनुसार उपत्यका कचौरा आकारको छ । यहाँबाट निस्कने धूलोधुवाँ त्यसै त बाहिर जान गाह्रो छ,जाडोमा त झन् टम्म टालिएझैं हुन्छ । कचौरामा धुवाँ भरेर माथिबाट छोपिदिएपछि के हुन्छ? हो, यहाँको धूलोधुवाँ पनि यसैगरी गुम्सिएर बस्छ।

प्रदूषण बढाउने सवारीको प्रवेश बिहानैबाट हुन्छ। दिनभरि गुम्सिएको धूलोधुवाँ काठमाडौंले दैनिक ७५ प्रतिशत मात्र फ्याँक्न सक्छ,२५ प्रतिशत यहीँ बस्छ । यसरी प्रत्येक दिन थुप्रँदै जाने धूलोधुवाँ नै प्रदूषण बढाउने कारण हो ।

यति मात्र होइन, साँझ हावाको गति ढिलो भएपछि प्रदूषण बाहिर जाँदैन, धूलोधुवाँ हावामै तैरिएर बस्छ । यही तैरिएका कण जाडोमा झनै बाक्लिन्छ र प्रदूषण बढ्छ ।
काठमाडौंमा यति प्रदूषण बढ्नु पनि यहाँको भूगोलका कारण जोखिमपूर्ण हुने विज्ञ बताउँछन,यी दुई प्रणाली नै काठमाडौंमा सक्रिय हुन्छन् । उपत्यकाको हावामा तैरिएको धूलोधुवाँ उडाउने काम यिनै दुई प्रणालीको हो ।


पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान