काठमाडौंमा १३ औं इजरायली चलचित्र महोत्सव सुरु भएको छ ।
कार्यक्रममा मन्त्री आलेले इजरायली फिल्म निर्मातालाई नेपालको मनोहर दृश्य र सौन्दर्य आफ्नो फिल्ममा समेट्न आग्रह गरे । देशको पर्यटन प्रवद्र्धनमा विदेशी फिल्मको छायाङ्कनले सकारात्मक प्रभाव पार्ने बताएका मन्त्री आलेले नेपाल छायाङ्कनमा आउने फिल्मलाई राहत प्याकेजको ब्यवस्था समेत गर्न लागेको बताए ।
इजरायली संस्कृति, कला र परम्पराको प्रवद्र्धनका साथै दुई देशबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन महोत्सव आयोजना गरिएको कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बताए । अभिनेता राजेश हमालले फिल्म सिमानारहित र तिनको सन्देश सार्वभौमिक हुने बिचार राखेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिहिबारबाट साँझ होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिहिबारबाट साँझ होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरे ।
इजरायली राजदूतावासले यो पटकको महोत्सव इन्टरनेशनल साउण्ड सर्भिसेसको प्राविधिक सहकार्यमा ‘ड्राइभ–इन शो’ ढाँचामा आयोजना गरेको हो ।
आफ्नै गाडी भित्रको सुरक्षित घेरामा बसेर हेर्ने ‘ड्राइभ–इन शो’ ले कोरोनाका कारण शिथिल भएका फिल्म क्षेत्रलाई टेवा दिने अपेक्षा इजरायली राजदूतावासले राखेको छ ।
एफएम रेडियो जडित सवारी साधनमा बसेर सोल्टी होटलको पार्किङमा ठूलो पर्दामा महोत्सवका फिल्म हेर्न सकिनेछ । विश्वमा ‘ड्राइभ–इन शो’ नौलो होइन । नेपालमा भने यो पहिलोपटक आयोजना भएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।