संगीता राई र कप्तान रुविना क्षेत्रीले धारिलो बलिङ गरेपछि आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य लक्ष्य दिए ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल कुवेतलाई पराजित गर्दै ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा पुग्ने छ ।
कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट लिए । यस्तै करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एकएक विकेट लिए ।
ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपाललाई कुवेतविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।