काठमाण्डाै - लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जितको रेकर्ड कायमै राखेको छ ।
गएराति पोर्टोलाई २–० ले हराउँदै लिभरपुल ५ खेलमा १५ अङ्क बनाउँदै समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको छ । लिभरपुलका थिएगो अलकान्ट्राले खेलको ५२ औँ मिनेटमा र मोहम्मद सलाहले खेलको ७० औँ मिनेटमा गोल गरे । अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड एसी मिलानसँग पराजित भएको छ ।
एसी मिलानले एट्लेटिको मड्रिडलाई १–० ले हराएको हो । मिलानका जुनियर मेसियसले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।समूहमा लिभरपुल शीर्ष स्थानमा, पोर्टो पाँच अङ्कका साथ दोस्रो स्थानमा छ ।
एसी मिलान र एट्लेटिको मड्रिडको समान ४४ अङ्क छ। अघिल्लो चरणमा पुग्न बाँकी तीन वटै टोलीकाे सम्भावना कायमै छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।