बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

मेगा खबर संवाददाता

८, मंसिर २०७८
  • 1.1K
    SHARES

  • क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

    आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

    बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ ।

    लिगमा आठ टिमको सहभागिता रहेको छ । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराए । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो  नेपाली खेलाडी हुन् । 

    सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । 

    बुधवार, मंसिर ८ २०७८०४:२८:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार