बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

 यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० ले हराए

 यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० ले हराए

मेगा खबर संवाददाता

८, मंसिर २०७८
  • 1.2K
    SHARES

  •  यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० ले हराए

     यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० ले हराएको छ ।

    चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरे । खेलमा घरेलु टोली चेल्सीले खेलको २५औं मिनेटमा चालोवाहको गोलबाट अग्रता बनाएको थियो ।

    त्यस्तै ५५औं मिनेटमा रिस जेम्सले गोल थपेर अग्रता दोब्बर पारे । खेलको ५८औं मिनेटमा ओडोइले एक गोल थपे ।

    त्यस्तै खेलको इन्ज्युरी समयमा वेर्नरले गोल गरेपछि चेल्सीले ४–० को फराकिलो जित निकालेको हो । चेल्सी समूह ‘एच’ मा शीर्षस्थानमा उक्लिएको छ ।

    समान पाँच खेलमा दुवै टोलीको समान १२ अंक भएपनि गोल अन्तरका आधारमा युभेन्ट्स दोस्रो स्थानमा छ । दुवै टोली यो समूहबाट नकआउट चरणमा पुगेका छन् ।

    यही समूहको अर्को खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जेनिथको ४ र माल्मोको एक अंक छ ।

    बुधवार, मंसिर ८ २०७८०९:२८:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार