ग्रनाडामाथि शानदार जीत हासिल गर्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
राति भएको खेलमा रियल ४-१ गोलले विजयी भएको हो । पहिलो हाफमा मार्को असेन्सिया र नाचोले रियललाई अग्रता दिलाए पनि ग्रनाडाका लुइस सुवारेजले हाफ टाइमअघि एक गोल फर्काएका थिए ।
दोस्रो हाफमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई पुनः दुई गोलको अग्रता दिलाए । यो सिजन भिनिसियसले सबै प्रतियोगितामा १५ खेलमा १० गोल गरेका छन् । त्यसपछि मोन्चुले रातो कार्ड खाएपछि ग्रनाडा १० खेलाडीमा सीमित बन्यो ।
खेलको ७६ औँ मिनेटमा फर्लान मेन्डीले अर्को गोल थप्दै रियललाई सहज जीत दिलाए । जीतसँगै रियल सोसिडाड र सेभियालाई उछिन्दै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । १३ खेलपछि रियलको ३० अंक रहेको छ । ग्रनाडा भने रेलिगेसजन जोनमा पुगेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।