बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खला घरेलु टोली भारतले जिते

न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खला घरेलु टोली भारतले जिते

मेगा खबर संवाददाता

४, मंसिर २०७८
  • 1.1K
    SHARES

  • न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खला घरेलु टोली भारतले जिते

    न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खला घरेलु टोली भारतले जितेको छ।

    राँचीमा गएराति भएको दोस्रो टी–२० मा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाडि नै श्रृङ्खला जितेको हो । न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

    भारतका केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतक बनाए। राहुलले ६५ तथा शर्माले ५५ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

    न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३४ तथा मार्टिन गुप्टिल र ड्याल मिचेलले समान ३१३१ रन जोडे । भारतका हर्सल पटेलले दुई तथा भुवनेश्वर कुमार, रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले ११ विकेट लिए ।

    शनिवार, मंसिर ४ २०७८११:०३:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार