अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकपको उत्कृष्ट–११ को घोषणा गरेको छ ।
भारतका एक जना पनि खेलाडी पर्न सकेनन् । आईसीसीले पाकिस्तानका कप्तान बाबर आजमलाई आफ्नो टोलीको कप्तान बनाएको छ ।
पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन आजमले महत्त्वपूर्ण भूमिका निभाएका थिए । प्रतियोगितामा उनले नै सबैभन्दा बढी रन बनाए ।
६ खेलमा उनले ६०।६० को औसत र १२६।२५ को स्ट्राइक रेटसँगै कूल ३ सय ३ रन बनाए । यसमध्ये चार खेलमा उनले ५० भन्दा बढी रन बनाए ।
उत्कृष्ट–११ मा डेभिड वार्नर (अस्ट्रेलिया),जोस बटलर (इंग्ल्याण्ड), बाबर आजम (पाकिस्तानकप्तान), चरित असलंका (श्रीलंका), एइडन मार्क्रम (दक्षिण अफ्रिका), मोइन अली (इंग्ल्याण्ड), वाइनिन्डु हसरंगा (श्रीलंका), एडम जाम्पा (अस्ट्रेलया), जस हेजलवुड (अस्ट्रेलिया), ट्रन्ट बोल्ट (न्युजिल्याण्ड) र एनरिच नोर्त्या (दक्षिण अफ्रिका) रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।