फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ ।
सुटिङ स्थल हिम पहिरो खसेको स्थानभन्दा केही पर थियो’ निर्देशक गुरुङले भने, ‘हिम पहिरो खस्न थालेपछि हामीले पनि सुटिङ स्थगित गर्यौ । हिम पहिरोका कारण स्थानीयको सुझावमा निर्माणको पुरै युनिटसहित आफुहरु सुरक्षित स्थानमा सरेको गुरुङले सुनाए ।
फिल्मको आइतबार बिहान मुस्ताङको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान नपुर्याएको फिल्मका निर्देशक रामबाबु गुरुङले बताए । हिम पहिरोका कारण सुटिङ रोकिए पनि आजबाट फेरि छायाङ्कन सुरु भएको निर्देशक गुरुङले जानकारी दिए ।
हिम पहिरो होला आज बिहान ढिलो मौसम खुल्यो’ गुरुङले भने,अहिले भने फिल्मको छायाँकन धमाधम भइरहेको छ । फिल्मको छायाँकन अझै १० दिनसम्म मुस्ताङमै हुनेछ ।
गुरुङले यस अगाडि ‘कबड्डी’ का ३ सिरिज मुस्ताङमै छायाँकन गरेका थिए । ‘कबड्डी ४’ मा दयाहाङ राई, बुद्धि तामाङ, सौगात मल्ल, विजय बराल, मिरुना मगर लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।