बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराए

आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराए

मेगा खबर संवाददाता

२९, कार्तिक २०७८
  • 1.4K
    SHARES

  • आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई  आठ विकेटले हराए

    काठमाण्डाै - आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई  आठ विकेटले हराएकाे छ ।

    अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर आउट भए । यस्तै मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए  । बलिङतर्फ ट्रेन्ट बाेल्टले दुई विकेट लिए ।  

    न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनकाे लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायाे । 

    दुबईमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनायाे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन बनाए । मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जाेश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए । 

    टी-२० विश्व कपले यसअघि नयाँ च्याम्पियन पाएकाे छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी-२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएकाे थियाे । 

    आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया यसअघि सन् २०१० मा टी-२० विश्व कपकाे फाइनलसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । 

    सोमवार, कार्तिक २९ २०७८०९:१३:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार