बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक

अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक

मेगा खबर संवाददाता

२७, कार्तिक २०७८
  • 1.2K
    SHARES

  • अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक

    अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक पुगेको छ ।

    शुक्रबार राति बेम्बले मैदानमा भएको खेलमा इंग्ल्याण्ड ५–० गोल अन्तरले विजयी भएको छ । विश्वकपमा छनोट हुन इंग्ल्याण्डलाई सान मारिनो विरुद्ध मात्र एक मात्र अंक आवश्यक छ ।

    खेलको नवौँ मिनेटमा ह्यारी मग्वायरले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि केनले १८, ३३ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याटिक पुरा गरे । सन् २०२१ मा केनले इंग्ल्याण्डका लागि १२ गोल गरे ।

    केनले प्रतिस्पर्धात्मक खेलमा वेन रुनीको ३७ गोलको कीर्तिमान पनि तोडेका छन् । प्रतिस्पर्धात्मक खेलहरुमा केनको गोल संख्या ३९ पुगेको छ । समूह आईको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको २३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको पोल्याण्डको २० अंक रहेको छ । पोल्याण्डले शुक्रबार नै एन्डोरालाई ४ का विरुद्ध १ गोलले हरायो ।

    त्यस्तै, हंगेरीले सान मारिनोलाई ४ –० गोलले पराजित गरेको थियो ।

    शनिवार, कार्तिक २७ २०७८०८:३९:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार