बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा

अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा

मेगा खबर संवाददाता

२६, कार्तिक २०७८
  • 1.6K
    SHARES

  • अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा

    अस्ट्रेलिया आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ ।

    गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टाए ।

    अस्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने म्याथ्यु वेड र मार्कस स्टोइनिसले ८१ रनको साझेदारी गरे । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे । अस्ट्रेलियाका मिचेल मार्शले २८ रन जोडे ।

    पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

    पाकिस्तानका लागि मोहमद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।  रिजवानले ६७ र जमानले ५५ रन बनाए । यस्तै, कप्तान बाबर आजमले ३९ रन जोडे ।  

    अस्ट्रेलियाका मिचेल स्टार्कले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले ११ विकेट लिए । प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

    शुक्रवार, कार्तिक २६ २०७८१०:१९:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार